जेलबाटै भोट प्रभावित - Taja Samachar Online
जनकपुरधाम : जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो। उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका बन्दीको अन्तर्वार्ता लिन र प्रसारण गर्न नपाइने दाबी गरिरहेका थिए। अनुरागीचाहिँ जेलरलाई निवेदन दिएर बन्दीसँग अन्तर्वार्ता लिएको र कैदी, बन्दी प्रेसमार्फत आफ्नो कुरा सार्वजनिक गर्न स्वतन्त्र रहेको जिकिर गरिरहेका थिए।बन्दीको समर्थन पाएको कांग्रेस पनि ढुक्क थिएन। बन्दीले बोलेका कुराले नकारात्मक प्रभाव पार्ने त हैन भनेर संशकित कांग्रेस समर्थक उनले के के बोले भन्ने कुरा अन्तर्वार्ताअघि नै जान्न चाहन्थ्यो। काठमाडौंमै रहेका उम्मेदवार विमलेन्द्र निधिले पनि केही पत्रकारलाई फोन गरी अन्तर्वार्तामा के के भनेका छन्, भनेर बुझ्न खोजेका थिए। अन्तर्वार्ता प्रसारण हुने कुराले मात्र यस क्षेत्रको चुनावी माहोलमा तरंग ल्याउन सक्ने बन्दी सञ्जय साह...