Posts

Showing posts from December, 2017

दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

Image
१६ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् । ललितपुरको खुमलटारमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ?’ अहिले देशमा सुशासन र विकास आवश्यक भएको भन्दै प्रचण्डले त्यसका लागि दलहरुबीच समझदारी हुन आवश्यक भएको बताए । सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । ‘सबै दलहरु मिलेर नै देश निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।’आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए । साभारः अनलाइन खबरबाट

दाह्रीजुँगाको ‘अपमान’ नगर्न हजामहरुलाई चेतावनी

Image
धार्मिक अतिवाद भन्ने कुरा पनि अनौठो छ । यसले मानिसलाई आफ्नो दाह्रीजुँगा समेत चाहे अनुसार राख्न र फ्याँक्न दिँदैन । अहिले पाकिस्तानमा यस्तै भएको छ ।पाकिस्तानको मानसेहरा जिल्लामा एक मुस्लिम अतिवादी संगठनले स्थानीय हजामहरुलाई चेतावनी जारी गरेको छ ।खैबर प्रान्तको मानसेहरा जिल्लामा इन्टरनेसनल खत्म ए नाबूवत मुभमेन्ट अर्थात् आइकेएनएम नामक मुस्लिम संगठनले हजामहरुलाई चेतावनी जारी गर्दै कुनैपनि पुरुषको दाह्री कलमी गरेर छोटो नपार्न तथा ‘गैर–स्लामिक कट’ नकाटिदिन भनेको छ । जिल्लाभर पम्प्लेट छर्दै उक्त संगठनले फ्रेन्च कट, एल कट जस्ता स्टाइलमा दाह्री नकाट्न चेतावनी दिँदै यस्तो तरिकाले दाह्री काटेर दाह्रीको अपमान गर्नु इस्लाम विरोधी रहेको जनाएको छ ।यस चेतावनीलाई पालना नगर्ने हजामको पसल १५ दिनभित्र खाली गराइने संगठनले धम्की दिएको छ ।मुस्लिम अतिवादीहरुको डरकै कारण स्थानीय धेरै हजामहरुले अहिले दाह्रीको फेन्सी कट बन्द गरिसकेका छन् ।मुस्लिम संगठनको उक्त सूचना स्थानीय उर्दू जवान नामक पत्रिकामा पनि छापिएको छ । जसमा दाह्री खौरिनु भनेको सबैभन्दा खराब काम हो र स्वयं पैगरम्बर मोहमम्मदले नै यसो नगर्न आदेश दिएको स...

निर्वाचन आयोगको भूमिका शंकास्पदः एमाले

Image
१६ पुस, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएको छ ।आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको आशंका एमालेले गरेको छ ।प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले बताए ।आयोगको ढिलाई अचम्म लाग्दो रहेको टिप्प्णी गरे । ‘मैले बुझेसम्म उहाँहरु अघि बढीसक्नुभएको थियो’ नेम्वाङले अनलाइनखबरसँग भने, ‘त्यहाँका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई ६ दिनअघि नै बुझाइसकेको छ । तर आयोगले किन रोक्यो ?’ नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताए । उनले भने-आयोगले किन यस्तो गरिरहेको छ ? जनताले प्रश्न उठाएका छन् । तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरक...

सम्झौता विपरित ठेकेदारले उठाए सडक कर, सवारीधनी मर्कामा

Image
१६ पुस, पाल्पा । पाल्पाका सडकमा ठेकेदारले अवैध रुपमा सडक कर उठाएपछि सवारीधनी मर्कामा परेका छन् । जिल्लाबाट बल्ढेङगढी, सत्यवती र जुठापौवा जाने मोटरबाटोमा ठेकेदारले अबैध रुपमा सडक कर उठाएको भेटिएको छ ।स्थानीय ठेकेदार चन्द्रबहादुर सिंजालीले सालझण्डीदेखि साविक गाविससम्म पुग्ने सडकअन्र्तगत जोगदमारमा सडक कर उठाउने गरी टेण्डर भएको भएपनि ठेकेदारले अन्य सडकमासमेत ढाट राखेर कर उठाएका छन् ।जोगदमारमा मात्र नभई अर्घाखाँची हुँदै ढोरपाटन जाने सडकमा समेत सिंजालीले युवाहरु परिचालन गरी सडक कर लिने गरेको स्थानीयवासी गोविन्द थापाले बताए । थापाले भने- ‘अबैध रुपमा गाडीवालाहरुसँग रकम उठाइएको छ, तर यसको नियमन कसले गर्ने हो थाहा भएन ।’धेरै जसो गाडीवालाहरु पीडित भएपनि खुलेर प्रतिक्रिया दिन आनाकानी गरे । त्यस बाटोमा चल्ने गाडी चालक निरज अघिकारीले ठेकेदारले ढोरपाटन सडक अन्र्तगत इटिहामा साना सवारीसाधनलाई ४० रुपैंया र ठूला सवारीलाई ५० रुपैंया लिने गरेका बताए । जोगदमारमा प्रयोग गर्ने रसिद नै इटिहामा पनि प्रयोग गर्ने गरिएको छ ।स्थानीय बासिन्दाले साविक जिल्ला विकास समितिका केही पदाधिकारीसँगको मिलेमतोमा चन्द्रबहादुरले ...

जातीय बिभेद गर्नेलाई रामेछाप जिल्ला अदालतको जरीवाना र पीडितलाई क्षतिपूर्ति

Image
१६ पुस, रामेछाप । जिल्ला अदालत रामेछापले जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने फैसला गरेको छ । साथै घटनाका पीडितलाई अदालतले क्षतिपूर्ति समेत भराएको छ ।न्यायाधीश कृष्णप्रसाद पौडेलको इजालसले आइतबार सुनाएको फैसलामा जातका नाममा बिभेद गर्नेलाई कारबाही गर्नुपर्ने उल्लेख छ ।गोकुलगंगा गाउँपालिका- ४ को बेतालिका का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरमा प्रवेश रोक लगाएर जातीय विभेद गर्ने सोही स्थानका ४ जनालाई अदालतले दण्डित गरेको हो । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । अदालतले पीडितलाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश अदालतले दिएको छ ।विकलाई गत वर्ष माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ जरिबाना गराइ रुद्री लगाएका थिए । उनीहरुलाई सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले दण्ड सजाय तोकेको छ । साभारः अनलाइन खबरबाट

राष्ट्रियसभामा ८ प्रकारका मतपत्र।

Image
१६ पुस, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला निर्वाचन आयोगले आठ प्रकारका मतपत्र छाप्नुपर्ने प्रारम्भिक गृहकार्य गरिरहेको छ । दुई किसिमका मतदाताका दुई अलग-अलग मतभार र चार क्लष्टर भएकाले ८ प्रकारका मतपत्रको सम्भावना हुने आयोग प्रवक्ता दिनेश घिमिरे बताउँछन् । राष्ट्रियसभामा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ हजार ५६ जना मतदाता हुन्छन् । दुई किसिमका मतदाताका फरक-फरक मतभार छन् । प्रदेशसभाको एक सदस्यबराबर मतभार ४८ र स्थानीय तह प्रमुख वा उपप्रमुखको भने मतभार १८ हुन्छ । त्यसैले आयोगलाई मतगणनाका लागि दुईवटा रंगका मतपत्र चाहिन्छ । अर्को कुरा समावेशी सिद्धान्तअनुसार चारवटा क्लस्टर (महिला, दलित, अल्पसंख्यक वा अपांग र अन्य) छन् । त्यसैले यी चारवटा क्लस्टरमा दुई-दुई वटाको दरले ८ प्रकारका मतपत्र चाहिन सक्छ । आयोग प्रवक्ता घिमिरेले अनलाइनखबरसँग भने, ‘अहिले सम्भावनाको कुरा गर्दा आठ प्रकारका मतपत्र आवश्यक पर्ने देखिन्छ । यसको अन्तिम टुंगो लाग्न भने बाँकी नै छ ।’ कति प्रकारका र कति संख्यामा मतपत्र छाप्ने भन्ने टुंगो एक हप्ताभित्र लाग्ने...

मेलमिलाप दिवसमा आक्रमक देउवाः आफैं हार्ने अनि मलाई हरायो भन्ने ?

Image
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका विरोधीहरुलाई कडा जवाफ दिएका छन् ।मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले चुनावमा पराजित हुने उम्मेदवारहरुलाई जथाभावी नबोल्न चेतावनी समेत दिए ।‘पार्टी भित्र मेरो बिरोध गर्नेले पनि बुझुन्,’ प्रधानमन्त्रीसमेत रहेका देउवाले कडा रुपमा प्रस्तुत हुँदै नेताहरुलाई प्रश्न गरे, ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ उनले पार्टीका नेता रामचन्द्र पौडेल लगायतका अन्य पराजित भएका नेताहरुले अन्तरघात गरेको आरोप लगाएको तर्फ संकेत गर्दै कडा रुपमा जवाफ दिएका हुन् ।सभापति देउवाले आफ्नै कारणले कांग्रेस पराजित भएको भन्दै अब पार्टी भित्रै अनुसाशनसहितको मेलमिलाप आवश्यक भएको बताए ।एक्का एक्लै लड्दा कांग्रेस कुनै पार्टी भन्दा कमजोर नभएको भन्दै युवाहरु निराश हुन नहुने बताए ।‘कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको ?,’ उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ।’ साभारः अनलाइन खबरबाट

कमजोर कम्पनीको आइपीओ किन्दा बुझेर किन्न लागेको घोषणा गर्नुपर्ने

Image
१६ पुस, काठमाडौं । अब वित्तीय अवस्था सन्तोष जनक नदेखिएका कम्पनीले आइपीओ निकाल्दा सर्वसाधारण लगानीकर्ताले आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढेर आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गर्नुपर्ने भएको छ । यस्तो उद्घोषण बिक्री प्रबन्धक कम्पनी र आस्वा सदस्यहरु समक्ष गर्नुपर्ने छ । धितोपत्र बोर्डले यससँगै कम्जोर कम्पनीले सेयर निष्कासन गर्दा थप प्रावधानहरु पुरा गर्नुपर्ने नियम ल्याएको छ । प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर खुद सम्पत्ति कम भएका र सबैभन्दा न्यून रेटिङ प्राप्त गरेका कम्पनीहरुले नयाँ शर्त पुरा गर्नु पर्ने भएको हो ।सञ्चालन अवधि तीनवर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीनवर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति सेयर खुद सम्पत्ति, प्रति सेयर आम्दानी आवहान पत्रमा स्पष्ट देखिने गरि प्रकाशित गर्नुपर्नेछ । जलविद्युत आयोजनाहरुले प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानीफिर्ता हुने अवधि पनि उल्लेख गर्नुपर्नेछ । कम्पनीहरुले प्राप्त गरेको क्रेडिट रेटिङको ग्रेड उल...

आँखा दान गर्नेप्रति श्रद्धाञ्जली

Image
१६ पुस, काठमाडौं । काठमाडौंको गौशालास्थित तिलगंगा आँखा अस्पतालले आँखाको नानी दान गर्नेलाई श्रद्धासुमन अर्पण गर्नुका साथै उनका परिवारलाई कदरपत्रले सम्मान गरेको छ । ‘ आँखा दान महादान’ भन्ने नारासहित नेपाल आँखा बैकले शनिवार आयोजना गरेको ‘सामूहिक श्रद्धाञ्जली सभा’ कार्यक्रममा नेपाल आँखा बैकले मरणोपरान्त आँखाको नानी दान गर्ने व्यक्तिको सम्झना तथा सम्मानमा श्रद्धा सुमन अपर्ण गर्नुका साथै आखा दान गर्नेको परिवारलाई कदरपत्रद्वारा सम्मान गरेको थियो । नेपाल आँखा बैंकले दृष्टिविहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष आँखाका नानी दान गर्नेको सम्झनामा यस प्रकारको श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि हरिवंश आचार्यले मृत्युपश्चात दान गरेको श्रीमती मीरा आचार्यको आँखाले आफूहरुलाई हेरेर हाँसिरहेको र अहिलेसम्म पनि उनी जिवितै रहेको उल्लेख गर्दै अन्धविश्वासको पछाडि नलागी मृत्युपश्चात शरिरबाट काम लाग्ने आँखाको नानी लगायत अन्य अगंहरु दान गर्ने संस्कृतिको विकासको थालनी गर्न अनुरोध गरे । त्यस्तै, यस वर्ष ...

सुनसरी-११ ले जित्यो फाल्गुनन्द गोल्डकप

Image
१६ पुस, पाँचथर । नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवलको उपाधि सुनसरी-११ ले जितेको छ । मोरङ-११ लाई २-० गोल अन्तरले हराउँदै सुनसरीले उपाधि जितेको हो । पुर्वी पहाडकै सबैभन्दा ठूलो मानिने प्रतियोगिताको फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेले । तर दोस्रो हाफमा सुनसरी हावी भयो । ६७औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै सुनसरीलाई अग्रता दिलाए । खेल सकिनु ४ मिनेटअघि हेमन्त थापाले सुनसरीलाई २-० को जितसँगै उपाधि सुनिश्चित गराए ।सुनसरीले उपाधिसँगै ३ लाख पुरस्कार पाएको छ भने उपबिजेता मोरङले २ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका सुनसरीका हेमन्त थापाले ३५ हजार पुरस्कार पाए । तीर्ग बस्नेत प्रतियोगिताको सर्बाधिक गोलतकर्ता बने भने सुनसरीका विकास चौधरी उत्कष्ट गोलरक्षक, मोरङका सुरेन्द्र खवास उत्कृष्ट डिफेण्डर, सुनसरीका बुद्धिमान राई उत्कृष्ट मिडफिल्डर र सुनसरीका निवान लिम्बू उत्कृष्ट स्ट्राइकर चुनिए । उनीहरु सबैले जनही १० हजार पुरस्कार पाए । समापन समारोहमा आयोजक फिदिम स्पोर्टिङ क्ल्वले नेपालका फिफा रेफ्री लव खत्रीलाई सम्मान गरेको छ । यस्तै...

आकांक्षाको ‘तिमीलाई छुदै’ सार्वजनिक

Image
संगीतकार राजु सिङको संगीत तथा गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छुदै’ सार्बजनिक भएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ । यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा डीपी खनालको शब्द रहेको छ । निकेस खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा ,बिकास धमालाको सम्पादन , उज्वल ढकालको कलर र बुद्ध थापाको क्यामरा समाबेस छ । साभारः अनलाइन खबरबाट

कांग्रेसको मेलमिलाप दिवसकै दिन नेविसंघमा ‘फुट’ !

Image
१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र त्यसका भ्रातृ संस्थाहरुले आइतबार मेलमिलाप दिवस मनाउँदैछन् । दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।तर मेललिाप दिवसकै दिन कांग्रेसका प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघ भने बिभाजित अवस्थामा पुगेको छ ।नेविसंघ अलग-अलग समूहले मेलमिलाप दिवसमा अलग-अलग कार्यक्रम गरेका छन् भने यसबीचमा समानान्तर गतिबिधि भइरहेका छन् । कांग्रेस संस्थापक वीपी कोइरालालगायतका नेताहरुले राष्ट्रियता जोगाउन राजसंस्था र कांग्रेस मिल्नुपर्छ भन्ने नीतिसहित भारतको आठ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रुपमा मनाउने गरिन्छ । के हो मेलमिलाप दिवस ? २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाइयो । तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताह...

क्लबमा अनमोलको डान्स, ‘कृ’को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक - हेर्नुहोस् भिडियो शहित

Image
यो बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलरले युटुब र सामाजिक संजालमा हंगामा मच्चायो । नायक अनमोल केसीको बदलिएको गेटअपले दर्शकलाई अचम्मित मात्र बनाएन, चलचित्रलाई नै प्रतिक्षित बनाइदियो । युटुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।ट्रेलरले युटुबमा हंगामा मच्चाएको करिब ३ सातापछि यसको निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी गंगै रानी’ बोलको क्लब गीत, अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरिएको हो ।नयाँ बर्षमा यो गीत डान्स क्लब, डिस्कोमा घन्किने विश्वास निर्माणपक्षको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ । गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ । अनमोलले यो गीतका लागि निकै मिहिनेत गरेको उनको नृत्य शैलीले पनि प्रष्ट पार्छ । काठमाण्डौको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखि...

कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी - आखिर के रहेछ त कारण ?

Image
१५ पुस,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् । पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ । एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ,अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’ पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे । एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाए । उनले अब ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरे । भट्टराईले भने-वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन्,अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाए...

अपराधको घीनलाग्दो रुपः महिलालाई नांगेझार पारेर पैसा मागियो

Image
१५ पुस, काठमाडौं । मितमाआको घर हिँडेकी महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ ।प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो । सालबाडीका विजयबहादुर राना र नविन डाँगीसहितको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे । यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक-पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन् ।उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ । तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे । पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा...

सत्तामा टाँसिरहने रहर छैनः प्रधानमन्त्री देउवा

Image
१५ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएकोमा धन्यवाद दिनुको साटो आफूमाथि शंका उपशंका गरेकोमा असन्तुष्टि जनाएका छन् । साथै उनले आफ्नो सत्तामा टाँसिरहने रहने रहर नभएको बताएका छन् । तमु ल्होसारको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘चुनावको नजिता सहर्ष स्वीकार गरेर सरकार निर्माणमा पुरा सहयोग गर्न तयार रहेको व्यक्तिलाई झुटा कुरा गर्नु शोभनीय हुँदैन ।’ चुनाव गराएर संविधान कार्यान्वयन गर्न सफल भएको गौरव लागेको उनले बताए । ‘धन्यवाद दिनुको सट्टा शंका उपशंका गर्नुको काम छैन’ एमालेको अरोपतर्फ संकेत गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘मलाई सत्तामा टाँसिने रहर छैन । म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ र जनताको निर्णयलाई शिरोधार्य गर्छु ।’राष्ट्रपतिले राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी अध्यादेशमा स्वीकृत गरेर नेपालको राजनीतिमा महत्व योगदान पुगेको प्रधानमन्त्री देउवाले बताएका छन् ।देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको बताएका छन् । साभारः अनलाइन खबरबाट

२०१७ बलिउडः कुन अभिनेत्री हिट ? 12 अभिनेत्रीमा कुन तपाईंहरुलाई मन पर्छ ?

Image
२०१७ बलिउड अभिनेत्रीका लागि कस्तो रह्यो । कुन अभिनेत्रीले कति फिल्ममा खेल्न भ्याए, त्यसमध्ये कति हिट भयो कति फ्लप ? हेरौं २०१७ मा बलिउड अभिनेत्रीको स्कोरबोर्ड । आलिया भट्ट : यसपाली आलिया भट्टको गति थोरै धिमा देखिए । अहिले उनी आफुलाई निखार्ने चरणमा छिन् । जिन्दगीको आनन्द उठाइरहेकी छिन् । यसबर्ष आलियाको एक फिल्म रिलिज भयो  ‘बद्रीनाथ की दुल्हनिया’ । यो फिल्म सुपरहिट भयो । अनुष्का शर्मा : अनुष्का शर्माको लागि २०१७ बिशेष रह्यो । बर्षको अन्त्यतिर उनी बिवाह बन्धनमा बाधिइन् । क्रिकेटर विराट कोहलीसँगको लामो अफेयरलाई उनले ‘ह्याप्पी इन्डिङ’ गराएकी छिन् । तर, फिल्मी करियर भने उनको त्यती चलायमान रहेन । यसबीचमा उनको दुई फिल्म सार्वजनिक भयो । फिल्लौरीको त उनी निर्माता पनि भइन् । यसमा उनले केहि नयाँ अभ्यास गर्ने प्रयास गरिन्, तर फलदायी रहेन । ‘जब हैरी मेट सेजल’मा उनले शाहरुख खानसँग रोमान्स गरिन् । तर, यो फिल्मलाई दर्शकले लोप्पा ख्वाइदियो । प्रियंका चोपडा : प्रियंका चोपडा भारतमा त्यसबेला देखा परिन्, जब उनलाई हलिउडबाट फुर्सद मिल्यो । यसबर्ष उनको कुनै हिन्दी फिल्म सार्वजनिक भएन । हलिउड फिल्म ‘बेवा...

पुस्तक अंश–जुवाडेको कथा र कांग्रेसको राजनीति

Image
मसँग थोरै पैसा थियो र धेरै आँट । सबैभन्दा ठूलो कुरा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने आत्माको आवाज थियो । यही कारण गैरसरकारी संंस्थाका रुपमा तामाकोशी सेवा समिति नामक संस्था खोलेका थियौं । राम्रा काम गर्ने योजना थियो तर हाम्रो देशमा कुनै काम गर्नुको अर्थ कुनै पदमा पुग्ने र राजनीति गर्ने साधन बन्छ भन्ने सोच राखिन्छ भन्ने सोचेको थिइनँ । त्यही भयो । तासेस (तामाकोशी सेवा समिति)का स्वयंसेवक, सहयोगी र काम गरेका समुदाय एक ढिक्का भएर मेरो पक्षमा नउभिएका भए रामेछापमा सामूदायिक विकास गर्ने मेरो सपना नेताहरुकै कारण अपूरो मात्र होइन, धुलोपिठो हुने थियो ।नेतालाई पछुवाहरुको ठूलो समूह चाहिन्छ, भोट चाहिन्छ, नोट चाहिन्छ, लठैत चाहिन्छ । लेखकलाई यी कोही पनि चाहिँदैनन् । लेखक एक्लै बाँच्ने प्राणी हो । रामेछापका सक्कली नेताहरुले के बुझेनन् भने मेरो रगतमा सोझो लेखक थियो । म उनीहरु जस्तो काइते नेता थिइनँ । उनीहरुले आफैंजस्तो ठानेर मलाई पछाडिबाट छिर्के हाने । म सोझैँ जुधेँ । किसुनजी मुसुक्क हाँसेर बराबर यो चुट्की लिने गर्थे, ‘हेर्नुस् बाबु, तपाईंको जिल्ला दुई नम्बर हो तर त्यहाँका मान्छेचाहीं एक नम्बरी...

वाम विजयपछि भारतको भूमिका - होर साथीहरु हो ? एक चोटि पढम न !

Image
नेपालमा हालसालै भएको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले अत्यन्तै राम्रो विजय हासिल गरेको छ। चुनाव प्रचारका बेला दाबी गरे झैं उनीहरूले दुईतिहाइ बहुमत त प्राप्त नगर्लान्, तर उनीहरूले संघीय संसद्मा बलियो र आरामदायी बहुमत भने पाउनेछन्। सातमध्ये ६ प्रादेशिक संसद्मा पनि तिनीहरू सबैभन्दा बलिया शक्ति हुनेछन्। यी निर्वाचन सेप्टेम्बर २०१५ (असोज २०७२) मा जारी गरिएको नेपालको नयाँ संविधानअनुसार गरिएका थिए। यी निर्वाचनबाट प्रतिनिधिसभामा २७५ र ५५० प्रदेशसभाका सदस्यहरू चुनिनेछन्। प्रतिनिधिसभामा १६५ सिटका लागि पहिलो हुनेले जित्ने प्रत्यक्ष प्रणालीअन्तर्गत सांसदहरू निर्वाचित भएका छन् भने ११० जना समानुपातिक प्रणालीबाट छानिनेछन्। प्रादेशिक सभामा ३३० सिटमा प्रत्यक्षबाट र २२० सिटमा समानुपातिक प्रणालीबाट छानिन्छन्। संविधानअनुसार दुवै संसद्मा महिलाको प्रतिनिधित्व कम्तीमा पनि ३३ प्रतिशत पुर्‍याउनुपर्छ। प्रत्यक्ष निर्वाचनमा अत्यन्तै कम निर्वाचित भएकाले दलहरूले समानुपातिक प्रणालीबाट धेरै महिलालाई स्थान दिनुपर्नेछ। किन जित्यो वाम गठबन्धनले ? चुनावको केही समयअगाडि मात्रै बनेको वाम गठबन्धन...

विजय गच्छदारलाई सर्वोच्च अदालतले बोलायो

Image
काठमाडौं : सर्वोच्च अदालतले सुनसरी– ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली कांग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ ।प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो । क्षेत्रमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) की भगवती चौधरीले गच्छदारले निर्वाचन आचारसंहिताविपरीत कर्मचारीलाई लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको जनाउँदै पुनःमतगणना गर्नुपर्ने मागको मुद्दाको सुनुवाइपछि सो आदेश दिएको हो । चौधरीले यही पुस ११ गते सो क्षेत्रमा मंसिर २१ गतेको मतगणनामा १९औँ लटमा निर्वाचनको मतगणनाका क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्नसमेत नदिएको जिकिर गर्नुभएको छ ।पाँच मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स...

सांसद चयनमा विवाद: माओवादी केन्द्रीय कार्यालयमा हात हालाहाल

Image
१५ पुस, काठमाडौं । प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच हात हालाहाल भएको छ । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएपछि शुक्रबार परिस्थिति असहज बन्यो ।माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो ।सधैंजस्तो शुक्रबार पनि केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता, जो अहिले चितवनमा पसल खोलेर बसेकी छन्, र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो । कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए । उनले भने, ‘आन्दोलन गरेका महिलाहरु छन्, शहिद परिवार छन् तर प...

माओवादीले छान्यो ३५ प्रदेशसभा सदस्य, नेता पत्नीदेखि छोरीसम्म

Image
१४ पुस, काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेकोहो । माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् । प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती)  हुन् । सीता नेपाली पूर्व सांसद हुन् । साभारः अनलाइन खबरबाट

बहस : प्रदेश ३ को राजधानी कहाँ ?

Image
काठमाडौं : सरकारले प्रदेश राजधानी तोक्न नसक्दा बहस पेचिलो बन्दै गएको छ। चिया पसलदेखि उच्च राजनीतिक नेतृत्व प्रदेश राजधानीको बहसमा जुटेका छन्। नेताले आफ्नो राजनीतिक स्वार्थ केन्द्रमा राखेर विभिन्न सहरको नाम चर्चामा ल्याएका छन्। देशकै राजधानी समेटिएको प्रदेश ३ को राजधानी कहाँ ? प्रश्न अनुत्तरित छ। प्रदेश राजधानीको बहस पेचिलो बन्दै गर्दा सरकारले राजधानी तोक्ने गरी सम्भाव्यता अध्ययन सुरु गरेको छ। प्रदेश ३ को राजधानीका लागि अहिले काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर, हेटौंडा चर्चामा छन्। प्रदेश ३ को राजधानी कहाँ ? फरकफरक विचार आएका छन्। प्रदेश राजधानीबारे अष्टलक्ष्मी शाक्य, रत्नप्रसाद ढकाल, महेश बस्नेत र डोरमणि पौडेलको विचार : प्रदेश राजधानीमा विवाद नगरौँ : अष्टलक्ष्मी शाक्य एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यको नाम प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको रुपमा चर्चामा छ। काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य शाक्य प्रदेश राजधानी सबैको चासो भए पनि विवाद गर्नु नहुने धारणा राख्छिन्। ‘राजधानी कहाँ राख्ने भन्ने चासो सबैको छ, हुनु पनि पर्छ। आ-आफ्नै माग पनि छन्’, शाक्य भन्छिन्,...

टर्कीमा प्रियंका र प्रदिपको रोमान्स खिच्दै सकियो ‘लिलिबिली’को छायांकन

Image
पर्दामा नायिका प्रियंका कार्की र नायक प्रदिप खड्का एकसाथ देखिएलान् कि नदेखिएलान् भन्ने कौतुहलताकाविच निर्देशक मिलन चाम्सले त्यसको जवाफ दिएका छन् । मिलनको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’को छायांकन सकिएको छ । चलचित्रमा नायिका कार्की र नायक खड्काविच रोमान्स देखाइएको छ ।केहि दृश्यको छायांकन नेपालमा गर्ने निर्माणपक्षले बताएको छ । लण्डन, स्कटल्याण्ड हुँदै टर्कीको राजधानी इस्तानबुलमा यो चलचित्रको छायांकन गरियो । ५० औ दिन प्रियंका र प्रदिपलाई फिचरिङ गरिएको गीत खिच्दै छायांकन समाप्तीको घोषणा गरियो । चलचित्रमा प्रदिप र प्रियंकाको साथमा जसिता गुरुङ, अनुपविक्रम शाही मुख्य भूमिकामा छन् । काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टले मिलेर यो चलचित्र बनाएका हुन् ।चलचित्रलाई चैत्र ३० गतेबाट नेपालभर प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ । प्रियंका र प्रदिपको रोमान्ससँगै दर्शकमा झन् कौतुहलता थपिएको छ । निर्देशकले प्रियंका र प्रदिपको जोडीलाई कुन रुपमा प्रस्तुत गरेका छन्, त्यसका लागि चैत्र ३० नै कुर्नुपर्ने हुन्छ । साभारः अनलाइन खबरबाट

कांग्रेस बैठकलाई रोकेर शितल निवास पुगे देउवा

Image
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किएका छन् । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ । तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ । कांग्रेस नेता डा. महतले राष्ट्रपति भण्डारीले जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे । उनले समानुपातिक सांसदको सूची पनि चाँडै तयार पारेर निर्वाचन आयोगमा पेश गर्ने बताए । २०७४ पुष १४ गते ११:२८ मा प्रकाशित साभारः अनलाइन खबरबाट

सिँगारियो लेकसाइड ,पोखरा जाने होइन त ?

Image
पोखरा : अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिँगारिएको छ। नयाँ वर्ष नजिकिएसँगै पोखरा आउने पर्यटकको चहल पहल बढेको छ। पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। पोखराका तारे होटलले पनि नयाँ वर्षका लागि विभिन्न प्याकेजसहित सजावट गरेका छन्। पाँच तारे होटल पोखरा ग्रान्डमा नयाँ वर्षको लाइभ म्यूजिकसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको होटल व्यस्थापनले बताएको छ। नयाँ वर्षका लागि करिब सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्। २८ तारिखदेखि १ तारिख सम्मका लागि लगभग सबै कोठा बुकिङ भइसकेको होटलका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनले जानकारी दिए। होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पर्यटक रहेको उनले बताए। नयाँ वर्षलाई लक्षित गरी होटलले लाइभ म्यूजिक, गाला डिरनसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखराको अर्को तीन तारे होटल सांग्रिलाले पनि कोठा लगभग प्याक भइसकेको बताइएको छ। २८ तारिखदेखि २०१८ को जनवरी १ तारिखसम्म सबै कोठा प्याक भइसकेको होटल साँग्रिला खपोराका रुम डिभिजन म्यान...

एमालेले छान्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (सूचीसहित)

Image
१३ पुस, काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् । प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् । एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ । साभारः अनलाइन खबरबाट