Posts

Showing posts from January, 2018

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

Image
काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहरासँग शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्न लागेका हुन् । सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति ७ दिनभित्र गठन गर्ने उल्लेख छ ।आईओएमका डिन डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिन त्रिवि कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आईओएमको कटौती गरिएको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधनका लागि तत्काल त्रिवि सभा (सिनेट) को विशेष बैठक बोलाउने सहमतिपत्रमा उल्लेख छ । तर, प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागबारे भने सहमतिमा केही उल्लेख छैन । केसीका सहयोगी डा.जीवन क्षत्रीले सहमतिपत्रमा उल्लेख नभए पनि त्यो माग जीवितै रहेको दाबी गरे । ‘सर्वोच्चको पछिल्लो आदेशअनुसार छानबिनमा पर्ने भइसकेपछि अब पराजुलीले जिम्मेवारीबाट अलग हुनुपर्छ भन्नेमा डा.केसी अडिग हुनुहुन्छ, हाम्रो भनाइ पनि त्यही हो,’ अन्नपूर्णसँग क्षत्रीले भने ।चिकि...

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

Image
२८ पुस, रुकुम ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् ।शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने दाबी गरे। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको भनार्इ छ । ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’,उनले भने, ‘आज र भोलि पनि रहन्छ ।’ न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए । साभारः अनलाइन खबरबाट

सोनाम ल्होसार कहिले ? फागुनमा कि माघमा ?

Image
२८ पुस, इटहरी । यो बर्षको सोनाम ल्होसार माघ ४ गते पर्ने नेपाल सरकारको पाञ्चाङ्ग निर्णायक समितिको निर्णय गलत भएको भन्दै नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ । यस वर्षको सोनाम ल्होसार फागुन ४ मा मनाउन संस्थाले आग्रह गरेको छ ।इटहरीमा शुक्रबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पञ्चाङ्ग निर्णायक समितिले हिन्दु सूर्य पात्रो अनुसार निर्णय लिएर एक महिना अगाडि नै माघ ४ गते सोनाम ल्होसार उल्लेख गरेको जनाइएको छ । सरोकारवाला संस्थाले पाञ्चाङ्ग निर्णायक समितिको भ्रममा नपरी फागनु ४ गते सोनाम ल्होसार भव्यताका साथ मनाउन सरोकारवाला संस्थाले भनेका छन् ।  तामाङ सम्बत मञ्जूश्री तत्व कृषि चन्द्र पात्रोको तिथिअनुसार मिति तोकिनुपर्नेमा हिन्दु सूर्य पात्रोलाई आधार मानेर गलत मिति उल्लेख भएको तामाङ घेदुङ प्रादेशिक कार्यसमिति, प्रदेश नम्बर १ का अध्यक्ष मित्रसेन योञ्जनले बताएका छन् । फागुन ४ गतेको पर्वलाई एक महिना अगाडि नै राखिएको भन्दै तामाङ समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।सरकारले भने माघ ४ र फागुन ४ दुबै दिन बिदाको घोषणा गरेको छ । सरकारी पात्रोमा सोनाम ल्होसारका लागि माघ ४ गते सार्वजनिक विदा घोषणा गरि...

५ करोड ६० लाख अवैध विदेशी मुद्रासहित एयर होस्टेस पक्राउ

Image
नयाँ दिल्ली एकजना एयर होस्टेसको साथबाट प्रहरीले करोडौँ मूल्यको विदेशी मुद्रा बरामद गरेको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा खानतलासीका क्रममा प्रहरीले भारी परिमाणमा अवैध विदेशी मुद्रा बरामद गरेको हो ।जेट एयरवेजकी एक एयर होस्टेसको साथबाट करिब ३.५ करोड भारतीय रुपैयाँ (५.६० करोड नेपाली रुपैयाँ) बराबरको विदेशी मुद्रा बरामद गरिएको हो ।भारतीय सुरक्षा संस्था डीआरआईका अधिकारीका अनुसार एयर होस्टेसले खानाको प्याकेटसँगै अल्यूमिनियम फाइलमा ८०हजार अमेरिकी डलर राखेकी थिइन् ।   अधिकारीका अनुसार यो पैसा दिल्लीबाट हङकङ जाने जहाजमा राखिएको थियो ।डीआरआईलाई एयरपोर्टमा तैनाथ कर्मचारीसँग मिलेर ठुलो मात्रामा अवैध विदेशी मुद्रा हङकङ लाँदै गरेको सूचना आएको थियो । यसै सूचनापछि डीआरआईले छापा मारेर एयर होस्टेसले खानाको प्याकेटसँगै राखेको ८० हजार अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद गरेको हो । साभारः अन्नपूर्ण पोष्टबाट

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

Image
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावतै रहेको बताएका छन्। उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरूबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेन्डालाई कानुनकै रूपमा राख्न निर्देशन दिएका छन्। हाल उनीहरूबीच आप्रवासनसम्बन्धी वार्ता भइरहेको छ। आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रूपमा राख्न उनले आग्रह गरेका हुन्। गत मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको संकेत गरेका थिए।त्यसको प्रतिक्रियापछि राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन्। यसअघि केही अवैध आप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्तावमा अदालतले अंकुश लगाइदिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताएका थिए। ...

कोरियाली वार्ताप्रति ट्रम्प सकारात्मक

Image
 वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो ऊर्जा दिएको भन्दै सकारात्मक देखिएका छन्। हालै दक्षिण कोरियामा सम्पन्न दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन्। उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रूपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका छन्। लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि मंगलबार पहिलोपटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो। यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन्। उक्त वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ। दुई वर्षपछि भएको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको छ। वार्ता नभाँडियोस् भनी अमेरिकाले दक्षिण कोरि...

राजकुमार र श्रद्धाको ‘स्त्री’

Image
नायिका श्रद्धा कपुरलाई बक्स अफिसमा हिट चलचित्र चाहिएको छ । कारण, लगातार चलचित्र असफल हुँदा श्रद्धालाई घाटा लागेको छ । उनी, ‘बाहुवली २’का चर्चित नायक प्रभाषसँग नयाँ चलचित्र ‘साहो’मा काम गरिरहेकी छिन् । उनै, श्रद्धा अब एक नयाँ चलचित्रमा पनि देखिने भएकी छिन् । उनी र नायक राजकुमार राहोले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘स्त्री’ राखिएको छ । राजकुमारले आफूहरुले नयाँ चलचित्रका लागि नाम पाएको भन्दै ट्विटरमा तस्बिर पोष्ट गरेका छन् । यो एक हरर कमेडी चलचित्र हो । यो चलचित्रलाई अमर कौशिकले निर्देशन गर्दैछन् । चलचित्रको लेखन राज एन्ड डीकेले लेखेका हुन् । दिनेश भिजन र राज एन्ड डीकेले नै यो चलचित्रको निर्माण गर्दैछन् । यो चलचित्रको बारेमा अन्य कुरा केहि पनि बताइएको छैन । तर, राजकुमार र श्रद्धाले एकसाथ काम गर्न लागेको यो पहिलो चलचित्र हो । साभारः अनलाइन खबरबाट

गुल्मीमा सुन्तला उत्पादनमा कमी

Image
२४ पुस, गुल्मी । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी भएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा ३० प्रतिशतले सुन्तला उत्पादन कमी भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले करिब ४० प्रतिशत सुन्तला टिप्न बाँकी रहेतापनि पछिल्लो संकलित बिवरण अनुसार उत्पादन बृद्धि घटेेको हो । जिल्लामा गत वर्ष ३ हजार १ सय ३० मेट्रिक टन उत्पादन भएको थियो ।   जिल्लामा सुन्तला उत्पादन बृद्धिदर घटनुमा सुन्तला खेत तर्फ किसानहरु आकषिर्त भएपनि व्यवस्थित तरिकाले खेती नगर्नु र प्रयाप्त मात्रामा सिचाइँको सुबिधा नहुँदा उत्पादन घटेको कृषि कार्यालय गुल्मीले जनाएको छ । कृषकबाट बगैचा सुढृढिकरण, मल, किटनासक बिषाधि प्रयोग, बिरुवा काटछाट, हावाहुरीका कारण पनि उत्पादन घटेको हो । जिल्लामा उत्पादन सुन्तलाबाट ११ करोड भन्दा बढीको हुनेछ । अघिल्लो वर्षको तुलनामा ५ करोड वढी रकम बराबरको सुन्तला उत्पादनमा घाटा भएको हो । जिल्लामा...

४० लाख रुपैयाँ हिनामिनाको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

Image
२४ पुस, काठमाडौं । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएकाे जानकारी अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हाे। बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले अनलाइनखबरलाई बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ । सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपैयाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ । जसमा नेपाली सेनाका जर्नेल समेत मुछिएका थिए । २०७४ पुष २४ गते प्रकाशित साभारः अनलाइन खबरबाट

एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

Image
काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्। दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले संगठनको ढाँचा र सिद्धान्तका विषयमा छलफल गरी त्यसको टुंगो लगाउन एकता संयोजन समितिलाई म्याण्डेट दिने छ’, उनले भने । पार्टी एकतामा ढिलाइ र शंका व्यक्त भइरहेका बेला आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा उनीहरूबीच एकतापछिको कार्यदिशा र संगठन संरचना निर्माणका लागि कार्यदलमार्फत् अघि बढ्ने सहमति भएको छ। दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ बालकोटमा भएको छलफलमा कार्यदलको गृहकार्यका आधारमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी एजेन्डा तय भएको बैठकपछि प्...

पूर्व राजा र योगी आदित्यनाथबीच भेटवार्ता

Image
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ। नेपालमा हिन्दु राष्ट्र फर्काउनुपर्न मत राख्ने मुख्य मन्त्री आदित्यनाथ र पूर्व राजा शाहबीच मुख्य मन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो। नेपालगन्जमा आफ्नौ लागानीमा खोलिएको सोल्टी होटल उद्घाटन गर्न गएका पूर्वराजा ज्ञानेन्द्र लखनउ पुगेर मुख्य मन्त्री आदित्यनाथलाई भेटेका हुन्। भेटमा शाहलाई आदित्यनाथले दोसल्ला र कुम्भको लोगो उपहार दिएका छन्।  पूर्वराजा ज्ञानेन्द्र परिवारका साथमा एकहप्तादेखि पश्चिम नेपाल घुमिरहेका थिए। परिवारका साथमा उनी लखनउ पुगेका हुन्। साभारः अनलाइन खबरबाट

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

Image
२४ पुस, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको स्वीकार गरे । भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् । २०७४ पुष २४ गते  प्रकाशित साभारः अनलाइन खबरबाट

श्वेताको धपेडीः कान्छीदेखि कफीसम्म

Image
श्वेता खड्का अलि धपेडीमा थिइन् । दरबारमार्गस्थित राइजिङ मलको ग्राउन्ड फ्लोरस्थित आफ्नै कफी हाउस (हिमालयन जाभा)मा, मध्यान्हतिर ।पत्रकारसँग अनौपचारिक भेटघाट गरिरहेकी रहिछन्, फिल्म ‘कान्छी’को गीत रिलिज गर्ने मेसोमा । पत्रकारको घेराबाट बाहिरिएपछि पनि उनलाई व्यस्तताले छाडेन । बारम्बार फोनको घण्टी बज्यो । म्यासेज हेर्न भ्याइनन् । धेरैतिरको काम मिलाउँदा-मिलाउँदै उनलाई बस्ने फुर्सद थिएन । यस्तै व्यस्तताबीच उनी हामीसँग कुराकानी गर्न तयार भइन् । एकदमै सौहार्द्धपूर्ण रुपमा । भर्खर उठेजस्ता चंगा आँखा । विनयी भाव र मधुर मुस्कान । हामीले उनको दैनिकीबारे चासो राख्यौं । अब उनी स्थिर भइन् । र, आफ्नो यन्त्रिक दैनिकीबारे यसरी बताइन् । सुत्ने-उठ्ने तालिका श्वेता उठ्दा बिहानको घाम कोठाभित्र छिरिसकेको हुन्छ । घडीका काँटा साढे ६ वा ७ बजेको रेखामा दौडिरहेका हुन्छन् । बिहान चाँडै उठ्ने बानी छैन । साँझ अबेर सुत्ने भएकाले पनि होला । राति ओछ्यानमा पस्ने बेला ११ बजिसकेको हुन्छ । धेरैजसो त १२ बजेतिर हो । दिनभरको कामको थकान हुन्छ । घर पुगेपछि सानोतिनो काम गर्दागर्दै समय गुज्रन्छ । प्रायः सुत्ने र उठ्ने तालिका एकै कि...

ओली-प्रचण्ड वार्ताः पार्टी एकताबारे ‘ब्रेक थ्रु’

Image
२३ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् । यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।आइतबार साँझ बालकोटस्थित केपी ओलीको निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो । भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘पर्सि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ ।’ एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए । केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हाम...

प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख

Image
२३ पुस, डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवालै चुनावी खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेका छन् । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेका छन् । सबैभन्दा बढी गोष्ठी/कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ । मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । ६ जनाले अझै बुझाएनन् निर्वाचन खर्च गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचनको मतपरीणाम प्रकाशित भएको झण्डै चार साता पुग...

एकता संयोजन समिति बैठक स्थगित

Image
काठमाडौं : आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक बस्न ढिलाई भएको हो । केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं आउँदैछन्। उनी काठमाडौं आएपछि राजनीतिक भेटघाट हुने सम्भावना भने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालय र प्रचण्डको निजी सचिवालयले दुई अध्यक्षहरूबीच भेट हुने सम्भावना नकारेनन्। 'उहाँ आएपछि भेटघाट हुन पनि सक्छ तर टुंगो लागेको छैन', अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले पनि काठमाडौं आएपछि भेटबारे टुंगो लाग्ने जानकारी दिए।  एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्यान्ड जाँदैछन्। त्यसअघि एकताका एजेन्डा तय गर्ने तयारीमा नेताहरू छन्।    पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार न...

भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउनु हुन्नः बिजुक्छे

Image
२३ पुस, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् । सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् ।पत्रकार महासंघ भक्तपुर शाखाको २१ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए । वाम गठबन्धनभित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै उनले गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको बताए । साथै वाम गठबन्धन टुटाउन बाहृय शक्ति लनगिपरेको उनले बताए । कार्यक्रममा बिजुक्छेले रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालाई स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरे । २०७४ पुष २३ गते प्रकाशित साभारः अनलाइन खबरबाट

सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

Image
२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । तर, गठबन्धनले विवादबाट बच्न र भोलि आफू अनुकुल प्रदेश प्रमुख नियुक्त गर्ने बाटो खुला राख्न सहमति जनाएन । यो सरकारको काम हो भन्दै गठबन्धन पन्छिएपछि सरकारले पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तर, अस्थायी मुकाम नतोक्ने नीति लिएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाइनेछ । तर, एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेशको अस्थायी मुकाम नतोक्नु सरकारको अक्षमता हुने बताए । एमाले नेता ज्ञवालीले अनलाइनखबरसँग भने, ‘प्रदेशसभाबाट चुनिएका सदस्यहरुलाई काठमाडौंमा सपथ गराउनु भन्दा ठूलो जग हँसाइ के हुन्छ ?’ समस्याबाट पन्छिने नाममा सरकारले संघीयताको मर्म विपरीत काम गर्न खोजेको उनले बताए । साथै ज्ञवालीले यदि ...

प्रियंकाको गुनासो-‘हामी नकारात्मक न्यूजको शिकार धेरै भयौं’

Image
आइतबार चलचित्र ‘बटरफ्लाई’को पत्रकार सम्मेलनमा नायिका प्रियंका कार्कीले धेरै प्रश्नको सामाना गर्नुपर्‍यो । चलचित्र क्षेत्रमा लागेको आधा दशकमै नम्बर १ को स्थान कब्जा गरेकी नायिकाले सबै प्रश्नको जवाफ दिने कोशिश त गरिन् । ‘चलचित्रको प्रमोशनमा किन नहिड्नु भएकोदेखि नयाँ बर्षमा प्रेमीसँग पोखरा किन जानुभएको’ सम्मका प्रश्नहरु प्रियंकाको लागि पत्रकारले सोधे । प्रियंकालाई पत्रकारले धेरै चलचित्रमा किन काम गर्नुभएको भन्दै प्रश्न पनि सोधे । प्रियंकाले धेरै चलचित्र खेलेको बिषयमा भनिन्-‘मैले धेरै चलचित्र खेलेकी छैनँ । मेरा चलचित्रहरुको रिलिजको समय मात्र नमिलेको हो । मैले पैसाका लागि काम पनि गरिरहेकी छैनँ । यदि, कसैले ११ करोड दिन्छ भने म बर्षमा एउटा मात्र चलचित्र खेल्न तयार छु । प्रचारमा पनि पूर्ण रुपमा हिड्नेछु । तर, एउटा कलाकारले ११ करोड पारिश्रमिक लिन धेरै बर्ष लाग्छ ।’ ११ करोड पारिश्रमिक किन माग्नुभएको भन्ने अनलाइनखबरको प्रश्नमा प्रियंकाले भनिन्-‘बलिउडमा दीपिकाले ११ करोड पारिश्रमिक लिएर ‘पद्यमावती’मा काम गरेकी छिन् । जसकाकारण, उनले यो चलचित्रलाई एक बर्ष भन्दा बढी समय दिएकी छिन् । तर, हाम्रोमा त्यो ...

सरकार वाम गठबन्धनकै बन्छ, अरु हल्ला हुन्ः नारायणकाजी

Image
२२ पुस, गोरखा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच बर्ष वाम गठवन्धन बाहेक अरु कसैको सरकार नबन्ने दाबी गरेका छन् ।‘अहिले बाहिर दुई वटा हल्ला चलेको छ, एउटा काग्रेस र अरु दुई पार्टीको सहयोग लिएर माओवादीले सरकार बनाउने, अर्काे एमालेले फोरमसँग मिलेर सरकार बनाउने’ श्रेष्ठले भने, ‘तर यो सबै हल्ला मात्र हो, अबको सरकार वाम गठबन्धनकै बन्छ, अरुको होइन ।’ कांग्रेसले सत्ता ओगटेर बस्ने प्रवृति देखाएका कारण मात्र नयाँ सरकार गठनमा ढिलाइ भएको उनले बताए । वाम गठवन्धन निकट कर्मचारी संगठनद्धारा पश्चिमकालीमा आयोजित निर्वाचित जनप्रतिनिधि स्वागत कार्यक्रममा सहभागी हुन आएका श्रेष्ठले संवैधानिक व्यवस्था र राष्ट्रिय सभाको ऐन निर्माणअघि निर्वाचन भएकाले पनि सरकार गठनमा ढिलाइ भएको बताए । सरकार गठनसँगै एमाले र माओवादीको पार्टी एकीकरणका लागि प्रारम्भिक गृहकार्य भइरहेको उनको भनाइ छ । ‘आज दुई पार्टीका अध्यक्षबीच छलफल हुनेछ, भोलि पार्टी एकता संयोजक समितिको बैठक बस्छ र छलफल अगाडि बढ्छ,’ उनले भने । एमाले अध्यक्ष केपी ओली उपचारका लागि बिदेश जानुअघि नै केही सहमति गर्ने उनले बताए । माओवादी नेता श्रेष्ठले अघि भ...

‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकियो

Image
‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको बाँकी छायांकन भने हलिउड फिल्म उद्योग लस एन्जल्समा हुुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रीसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे अवगत गरायो । क्यूएफएक्स सिनेमाका प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने दावी गरे । पाँच करोड बजेट बताइएको चलचित्रमा संलग्न विदेशी प्राविधिकबाट स्थानिय प्राविधिकले सीप सिकेको र मुलुकको प्रचारप्रसार समेत हुने धारणा उद्दिनको थियो । ‘कागबेनी र सानो संसार’ले थालेको डिजिटल यात्रा ‘द म्यान फ्रम काठमाण्डू’सम्म आइपुग्दा ऐतिहासिक फड्को मारेको उनले बताए । भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको उनले जनाए । ‘भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन्’ उनले भने, ‘हलिउडमै सुटिङ र पोस्ट प्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’ निर्देशक पेमा धोन्...

क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

Image
२२ पुस, काठमाडौं । माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ।मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पीडित मगरलाई सहयोग गर्न क्रान्तिकारी अध्यक्ष तामाङले फेसबुकमार्फत सार्वजनिक अपिल गरेका थिए । संकलित सहयोग रकम तामांगले आज पीडित मगरलाई हस्तान्तरण गरेका हुन् । तामाङले व्यक्तिगत रुपमा २० हजार र उनकै आह्वानमा हङकङ बस्ने खड्गबहादुर गुरुङले उपलब्ध गराएको ९३ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। अखिल क्रान्तिकारीको सामाजिक सरोकार विभागद्वारा आयोजित सोही कार्यक्रममा कैलालीको घोडाघोडी नगरपालिकाका मिर्गौला पीडित रामबहादुर बोहरालाई बीस हजार रुपैयाँ उपलब्ध गराइएको विभागका प्रमुख एवम् क्रान्तिकारी उपाध्यक्ष विजय गौतमले जानकारी दिए । २०७४ पुष २२ गते प्रकाशित साभारः अनलाइन खबरबाट

९ रेक्टरको भूकम्प आएपनि वाम एकता टुट्दैनः ज्ञवाली

Image
२२ पुस, पोखरा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताए । एमाले र माओवादी दुबै पार्टीले पार्टीको पोजिसनलाई अडानका रुपमा नलिएको र आगामी दिनमा पनि नलिने स्पष्ट पारे । उनले भने, ‘अहिलेको आवश्यक्ता भनेको नेता ब्यबस्थापन र पार्टीको पोजिसन हैन, भद्रगोल देशको ब्यबस्थापन हो । त्यसैले दुई पार्टी एकता हुनैपर्छ र हुन्छ पनि ।’ज्ञवालीले ८/९ रेक्टर स्केलको भूकम्प आएपनि पार्टी एकता नतोडिने दाबी गरे । देशी विदेशी चलखेल र अवरोध छिचोल्दै फागुनसम्म पार्टी एकता हुने उनको दाबी छ । दुबै पार्टी अध्यक्षले एकताको खाका बनाएपछि एकता संयोजन समितिको बैठक बसेर अन्तिम आकार दिने र पार्टी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए । अहिले पार्टी एकता भाँड्ने नियतले अनुमानको खेती र टिका टिप्पणी हुने गरेको सुनाउँदै एमाले सचिव ज्ञवालीले दुई अध्यक्ष प्रचण्ड र ओली नभेट्...

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

Image
२१ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो ।आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र

Image
पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाएको छ। पहिलो चरणमा जमिन कटान र सम्याउने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईको टोलीले पाँच प्रतिशत काम सकिसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। जेठ महिनाभित्र ८० प्रतिशन जमिन सम्याउने काम भइरहेको हो। वर्षाको समयमा जमिन सम्याउन अप्ठेरो हुने भएकाले त्यतिबेला टर्मिनल बिल्डिङ र धावनमार्ग निर्माणको काम गर्ने सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागार्इंले जानकारी दिए। निमार्णमा चिनियाँ ३० र नेपाली १ सय ५० जना मजदुर खटिएका छन्। जमिन सम्याउन ट्रिपर २६, एक्साभेटर ६, डोजर ३ र रोलर ४ वटा प्रयोग भइरहेको छ। ‘निर्माणलाई थप तीव्रता दिन चीनबाट ल्याइएका थप ४० वटा ट्रिपर, रोलर, एक्साभेटर, डोजरलगायत निर्माण सामग्री भारतको कोलकाता बन्दरगाहमा आइसकेका छन्’, कम्पनीका जनसम्पर्क अधिकृत चापागाईंले भने। एक महिनाभित्र कोलकाताबाट निर्माण सामग्री आएपछि कामले थप तीव्रता पाउने पनि उनले सुनाए। स्थानीय सरकार, स्थानीय नागरिकले देखाएको व्यग्रता र सहयोगले निर्माणमा तीव्रता आएको चापागाईंले बताए। कुनै बाधा नआए र सबै क्षेत्रबाट यस्तै सहयोग रहि...

हारको दोष कांग्रेसलाई दिँदै कमल थापाले भने-राजीनामाबारे प्रश्नै उठेन

Image
२१ पुस, काठमाडौं । राप्रपाले चुनावी परीणामलाई अकल्पनीय एवं निराशाजनक भन्दै हारको दोष नेपाली कांग्रेसमाथि थोपरेको छ ।चुनावी समिक्षा गर्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले चुनावी हारको ९ बुँदे कारण अघि सारेको छ । साथै राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउनराष्ट्रिय अन्तराष्ट्रिय शक्तिले षडयन्त्र गरेको र पार्टी फुटाएको उसले बताएको छ । राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसकेको र कांग्रेसले सम्झौताअनुसार सिट नदिएको आरोप पनि लगाएको छ । हारको कारण भन्दै उसले भनेको छ, ‘लिखित रुपमा भएको सम्झौता अनुरुप कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारितापूर्ण सहकार्य नहुनु ।’ प्रतिनिधिसभामा कांग्रेसले राप्रपालाई चार सिट दिएको थियो भने प्रदेशमा पनि केही सिट दिएको थियो ।राप्रपाले उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव रहनु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ । सरकारमा सहभागिताबारे भने जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको दाबी गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार स...

‘पिंकु मिस’ बनेकी रेखाको जवानीले बबाल बनाएपछि…

Image
नायिका रेखा थापालाई दर्शकले चलचित्रको पर्दामा आइटम नृत्य गर्दै गरेको कमै मात्र देखेका छन् । झन्, चलचित्र क्षेत्रमा हिट भएपछि रेखाले आइटम नृत्यमा रहर नै देखाइनन् । हिट नायिकाले म्यूजिक भिडियोदेखि आइटम नृत्य समेत गरिरहँदा रेखा त्यो बाट पर नै बसिन् । तर, अहिले रेखाको करिअर ओरालो लागेको छ । रेखाले अभिनय गरेका चलचित्र चल्नै छाडेका छन् । उनै, रेखाले आजबाट रिलिज भएको चलचित्र ‘राज्जा रानी’मा अभिनय मात्र गरेकी छैनन्, एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । ‘पिंकु मिस’ बोलको आइटम गीतमा रेखाको जवानीको चर्चा गरिएको छ । यो चलचित्रमा रेखा विशेष भूमिकामा छिन् । रेखाको भूमिका के हो भन्ने वुझ्न दर्शकले चलचित्र नै हेर्नुपर्नेछ । यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको यो गीतमा सहिमा श्रेष्ठको स्वर छ । पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्र रिलिज भएकै दिन निर्माणपक्षले रेखाको विशेष भूमिकाको खुलासा समेत गरेको हो । चलचित्रमा भने केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका छ । यम थापा यसका निर्देशक हुन् भने रमेश एम के पौडेल यसका निर्माता हुन् । चलचित्रले दाइजो प्रथाक...

राष्ट्रपतिको जिम्मेवारी दिए तयार छुः खनाल

Image
२१ पुस, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताएका छन् । तर, राष्ट्रपति बनाइदेउ भनेर लबिङ गर्दै नहिड्ने बताए ।पिता पुंगनाथ खनालको शतवाषिर्कीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पद प्राप्त गर्नका लागि लबिङ्मा नलाग्ने बताए । उनले भने- ‘तर म मलाई राष्ट्रपति बनाइदिनु पर्‍यो भन्ने लबिङ गर्ने पक्षमा छैन ।’ मुलुकको आवश्यकता अनुसार जिम्मेवारी लिन भने पछि नहट्ने पूर्वप्रधानमन्त्री खनालले बताए । वाम गठबन्धन जनअनुमोदित भइसकेको भन्दै खनालले एमाले र माओवादीको एकतालाई कसैले रोक्न नसक्ने बताए । पार्टी नै एकिकरण हुने भएकाले को प्रधानमन्त्री ? को पार्टी अध्यक्ष भन्ने गौण भएको बताए ।   यो बहस पार्टी नबुझेका बाहिरियाहरुको मात्र हल्ला भएको भन्दै उनले भने, ‘जब पार्टी नै एक हुँदैछ भने कुन पार्टीको अध्यक्ष, प्रधानमन्त्री भन्ने कुराको कुनै अर्थ छैन । उपयुक्त पदमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन्छौं ।’केही शक्ति र दलहरुले वाम गठबन्धनलाई अफल बनाउन लागेको तर, सफल नहुने उनले बताए । ‘भ्यागुताको सरापले ट्रक रोकिँदैन’ एमाले नेता ख...

चितवनलाई आर्थिक राजधानी बनाउने होः प्रचण्ड

Image
२१ पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए । प्रचण्डले भने, ‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय छ, दूध, तरकारी, तोरी, माछापालन, पशुपालनको सम्भावना अधिक छ । देशको मध्य भागमा अन्यत्र यो सम्भावना छैन ।’ अध्यक्ष प्रचण्डले आर्थिक राजधानीसँगै चितवनलाई केन्द्रीय र प्रादेशिक राजधानी बनाउन पनि प्रयास भइरहेको दाबी गरे । राजनीतिक क्रान्तिको फेज सकिएको भन्दै अब आर्थिक क्रान्तिको दशक शुरु भएको उनको भनाई छ । ‘सधैं राजनीतिक खिचातानी, दाउपेचले मात्रैं देश बन्दैन, यसो हुँदा देश र जनता पछाडि पर्ने अवस्था आउँछ’, अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक सहमतीबाट स्थायीत्वको दिशामा जानुपर्छ ।’ अव बन्ने सरकारले निजी क्षेत्रलाई पनि साथमा नै लिएर अघि बढ्ने हुँदा गलत हल्लाका पछाडि नलाग्न उनले व्यवसायीहरुलाई अनुरोध गरे ।...

अमेरिकीका लागि भिसा नीति परिवर्तन - खुशिको खबर हामी सबै नेपालीहरुलाई

Image
काठमाडौं : सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो। पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरूपता कायम हुन सकेन। नेपालस्थित अमेरिकी दूतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले अध्ययन, कामदार र पत्रकार भिसामा दुवै देशबीच समानता कायम गर्ने निर्णय भएको पुष्टी गरे।मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर)का लागि बहुप्रवेशी (मल्टीपल) अध्ययन भिसा जारी गर्नेछन्। अब दुवै देशका क...

सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

Image
२० पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् । भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए । पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे । ‘दुई ठूला एकता गर्ने सन्र्दभमा छलफल हुनु र फरक विचार आउनु स्वभाविक छ’ प्रचण्डले भने, दुई दलका नेतालाई समुचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद छैन ।’ माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतावारे कसैले पनि कही कतै वोल्न जरुरी नरहेको बताए । साथै उनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्ऽ तोक्ने जिम्मासरकारलाई नै दिएको जानकारी दिए ।२०७४ पुष २० गते  प्रकाशित । साभारः अनलाइन खबरबाट

देउवालाई प्रचण्डको जवाफ-जनताले सत्ता हस्तान्तरण गरिसके, तपाईले त सघाउने मात्र हो

Image
२० पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि प्रधानमन्त्री शेरवहादुर देउवाले वामपन्थी गठबन्धनलाई चुनाव जितेकोमा बधाई दिएका छन् ।मंसिर २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याएको भए पनि तथा कांग्रेस सभापति समेत रहेका देउवाले औपचारिक रुपमा बधाई समेत दिएका थिएनन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैंले डाकेको सर्वदलीय बैठकमा देउवाले जनादेशबाट बहुमत ल्याउन सफल भएकोमा वाम गठबन्धनका नेताहरुलाई बधाई दिएको एमाले नेता सुवास नेम्वाङले बताए । ‘बैठकको शुरु गर्दै उहाँले पहिलो पटक हामीलाई वामपन्थी गठबन्धनले चुनाव जितेकोमा बधाई दिनुभयो । कांग्रेस पराजित भएको स्वीकार गर्नुभयो’ नेम्वाङले भने, ‘हामीले ढिलै भए पनि बधाई दिनुभएकोमा उहाँलाई धन्यवाद भन्यौं ।’ देउवाले बधाई दिँदा वाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली भने बैठकमा उपस्थित थिएनन् । वाम गठबन्धनका तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल थिए ।एमालेबाट उपाध्यक्ष भीम रावल सहित सुवास नेम्वाङ, बिष्णु पौडेल र अग्नि खरेल उपस्थित थिए । सामान्यतः चुनाव जित्ने नेतालाई फोन...

साथीले लोला हान्यो, मैले पिटाई खाएँ: जितु नेपाल

Image
सानो छँदा म बासँगभन्दा आमासँग नजिक थिएँ । बासँग चाहिँ ठ्याक मिल्थेन । बा बिहानै उठेर गीता पाठ गर्नु हुन्थ्यो । उहाँको चाहना थियो, छोराले रुद्री, चण्डी पढोस्, स्कुलमा फस्र्ट होस र ठुलो भएपछि मास्टर वा सरकारी कर्मचारी बनोस् । मलाई भने पढ्न सार्‍है अल्छि लाग्थ्यो । बिहान एक भारी घाँस काट्नु पथ्र्यो । घाँस काटेर आउँदा नै थकाईले लोथ भएको हुन्थेँ । घर सिन्धुपाल्चोकको ज्यामिरे डाँडामा थियो ।  स्कुल जानुपथ्र्यो सुनकोशी किनार । स्कुल जानै एक घण्टा लाग्थ्यो । जाँदा त ओरालो थियो दौडेर गइन्थ्यो । आउँदा उकालो बाटो सार्‍है थकाइ लाग्थ्यो । निर्मल पौडेल, उमाकान्त नेपाल, ताराप्रसाद नेपाल, लक्ष्मणलगायतको हाम्रो छुट्टै ग्याङ थियो । स्कुल जाँदा हामी कहिल्यै सोझो बाटो हिँडेनौ । जता जता अप्ठ्यारो बाटो थियो त्यतैबाट हिँड्थ्यौ । हामी स्कुल जाने बाटोमा आलुबखडा, आरु, अम्बाहरु भेटिन्थे । चिचिला लागेदेखि नै हामी चोर्ने विषयमा सल्लाह गथ्र्यौं । हाम्रो चोर्ने स्टाइल फरक थियो । दिदीहरुलाई पानी खान घरमा पठाउथ्यौ । हामीले फल चोरुन्जेल दिदीहरु पानी खाने बहानामा अल्मल्याउथे । हामी रुखवाट झरेपछि उनीहरु पनि आउथे । अनि...

वाम असहमतिको अर्थः विवादबाट बच्ने, भोलिका लागि बाटो राख्ने

Image
२० पुस, काठमाडौं । शेरबहादुर देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी दिएको एमाले बालुवाटार बैठकमा केही फरक अडानमा देखियो । जसका कारण प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई बाटो त फुक्यो तर देउवा सरकारले गरेको नियुक्तिको भारी नयाँ सरकारले नबोक्ने सन्देश पनि दियो । आफैंले बोलाएको पाँच पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने प्रस्ताव राखेका थिए । तर, एमाले मात्र होइन, माओवादी नेताहरु पनि राजनीतिक सहमतिको पक्षमा देखिएनन् । दुबै दलका नेताहरुले ‘यो सरकारको काम हो, सरकारले गरोस्’ भनेका छन् । एक सहभागीका अनुसार वामपन्थी गठबन्धन यो विषयमा छलफल गर्न इच्छुक नै देखिएनन् । हिजोसम्म ‘नियुक्ति नगर, सपथ लिन्नौं’, ‘राजनीतिक सहमतिका आधारमा मात्र गर’ भन्ने एमाले र माओवादीका नेताहरु आज किन ‘सरकारले गरोस्’ भनिरहेका छन् ? यसको अन्तर्य बुझ्न हामीले बैठकमा सहभागी एमाले र माओवादीका नेताहरुसँग अनौपचारिक सम्वाद गर्‍यौं । उनीहरु प्रष्ट सन्देश दिए, देउवा सरकारलाई राजनीतिक सहमति नदिनुको अर्थ हो, अहिले प्रदेश प्रमुख नियुक...

झलनाथ खनालले भने– राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गर्दै हिँड्दिन

Image
२० पुस, झापा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले आफूले राष्ट्रपति पद अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार गर्दै नहिँड्ने बताएका छन् ।भावी राष्ट्रपतिको दाबेदारको रुपमा खनालको चर्चा भइरहँदा उनको यो अभिव्यक्ति आएको हो । बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘राष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण भूमिका हो । त्यसलाई म अस्वीकार चाहिँ गर्दिन । तर, राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गरेर हिँड्ने वाला पनि छुइन ।’ उनले आफू सक्रिय मान्छे भएको भन्दै निरन्तर सक्रिय रही रहने समेत बताए । ‘म सक्रिय मान्छे हुँ । निरन्तर सक्रिय भइरहन्छु’, उनले भने, ‘राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैन । चुप लाग्नका लागि म राजनीतिमा आएको होइन ।’अर्को प्रसङ्गमा उनले वाम एकताका लागि निरन्तर छलफल भइरहेको बताए । ‘पार्टी अध्यक्ष कसलाई बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा हामी नेतृत्व पंक्तिबाट छलफल गरेर निष्कर्षमा पुग्छौं’, खनालले भने । २०७४ पुष २० गते  प्रकाशित साभारः अनलाइन खबरबाट

भक्तपुरमा सवारी दुर्घटना, तीन महिने खुसीको ज्यान गयो

Image
१९ पुस, काठमाडौं । भक्तपुरको पाण्डुबजारमा भएको सवारी दुर्घटनामा तीन महिने शिशुको मृत्यु भएको छ ।सूर्यविनायक नागरपालिका ६ पाण्डुवजारबाट सुन्दरवस्तीतर्फ आउँदै गरेको बा १० च ४९२९ को भ्यानले ११वषर्ीया लक्ष्मी ध्यावालाई ठक्कर दिएको थियो ।स्थानीय सरोज ध्यावाकी छोरी लक्ष्मीले तीन महिनाकी शिशुलाई बोकेकी थिइन् । भ्यानले लक्ष्मीलाई ठक्कर दिँदा ३ महिनाकी खुसी खस्न पुगिन् । घटनामा घाइते भएकी उनलाई तत्काल सिद्धि स्मृति अस्पताल पुर्‍याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारी र चालक किशोरकुमार सुकुभुटुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । २०७४ पुष १९ गते  मा प्रकाशित । साभारः अनलाइन खबरबाट

चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोह प्रहरी फन्दामा

Image
१९ पुस, वीरगञ्ज । हृवाट्सअप, इमो, भाइबर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहका तीन सदस्यलाई बारा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १८ सुखचैनाटोल बस्ने २१ बर्षीय संजयकुमार राम, वीरगञ्ज २१ ताजपुर बस्ने २१ बर्षकै अफताव आलम र भारतीय नागरिक २२ बर्षीय कमलेश यादव छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक हरि प्रसाद भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले गत पुस १४ गते कलैयाको भरतचोकबाट पक्राउ गरेको हो । उनीहरुले सामाविक सञ्जालमार्फत ‘तपाईलाई ठुलो राशीको चिठ्ठा परेको छ । सरकारी राजश्व वापत अगि्रम केही रकम जम्मा गर्नु पर्छ’ भनि मानिसहरुलाई प्रलोभनमा पार्दै आएका थिए । प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरुमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको बारा प्रहरीले जनाएको छ । ठगेको रकम उनीहरुले भागबण्डा लगाएर लिने गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब निरीक्षक भुवनेश्वर साहले जानकारी दिए । पक्राउ परेका मध्ये अफताब आलमले नक्कली कागजातहरु तयार गर्ने, मनी ट्रान्सफरहरुको कोड उपलब्ध गराउने र प्राप्त रकमको १५ दे...

रामपुरमा एमाले र माओवादी विद्यार्थीबीच झडप

Image
१९, पुस, चितवन । माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ । एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ ।कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो । झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ । क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । २०७४ पुष १९ गते  प्रकाशित । साभारः अनलाइन खबरबाट