मतपेटिका ल्याउँदै गर्दा बम विस्फोट
जाजरकोट : जाजरकोटमा मतपेटिका बोकेको टोलीलार्इ लक्षित गरी बम विस्फोट गराइएको छ । कुसे गाउँपालिका-1 रुरुखोला नजिकै बाटोमा बिछ्याइएको कुकर बम वस्फोट भएको डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
मतपेटिका बोकेका सुरक्षाकर्मी र कर्मचारीलार्इ लक्षित गरी गराइएको विस्फोटबाट बमका छर्राले केही सुरक्षाकर्मीलार्इ लागेपनि कुनै चोटपटक नलागेको बताइएको छ । टोलीले ५ वटा मतदान केन्द्रका मतपेटिका ल्याइदै गरेको डीएसपी रिमालले बताए ।
राजेन्द्र कार्की, साभारः अन्नपूर्ण पोष्टबाट

Comments
Post a Comment