केपी ओलीलाई राजेश हमालको बधाई - Taja Samachar Online

भक्तपुर : महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। शनिबार बिहान ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिएका हुन्। वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले भेटेरै बधाई दिएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले अन्नपूर्णलाई जानकारी दिए।


केपी ओलीलाई राजेश हमालको बधाई - Taja Samachar Online

भेटमा हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन्। अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपाली उत्साहित भएको बुझाइ हमालको छ।अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने प्रष्ट पारेको प्रेस संयोजक अधिकारीले बताए। ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन।’

ओलीले चलचित्र हिरोले चलचित्रमा अभिनय मात्र नभएर देश बनाउनका लागि पनि भूमिका निवार्ह गर्नुपर्ने बताएका छन्। ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट सहयोगको अपेक्षा गरिएको छ’ हमाललाई ओलीले भने।नायक हमालले देशले आफूबाट गरेको अपेक्षा पूरा गर्न कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका छन्।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ