सिटिजन बैंकको वेवसाइट सार्वजनिक - Taja Samachar Online
काठमाडैं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेवसाइड www.ctznbank.com सार्वजनिक गरेको छ। यसलाई स्मार्ट फोनबाटै सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ। घरबाट नै खाता खोल्न मिल्ने, कर्जाको लागि निवेदन दिन मिल्नेलगायत सुविधासहितको वेभसाइट सार्वजनिक गरेको हो।
वेवसाइड सार्वजनिकरण गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसँगै बैंकचल्दै आएको बताए। ‘आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ सेवालाई सरल र छरितो रूपमा पुर्याउन हामी लागि परेका छौँ’, कार्यकारी अधिकृत पोखरेलले भने।
साभारः अन्नपूर्ण पोष्टबाट

Comments
Post a Comment