धरान बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि - Taja Samachar Online

धरान : धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो।  राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा  बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए ।

बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ' भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन्।

रत्न आचार्य ,साभारः अन्नपूर्ण पोष्टबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ