‘सङ्गलो यो मन’ मा नायिका नन्दिताको अभिनय - Taja Samachar Online

१८ डिसेम्बर, डीसी । अमेरिकाको एटलान्टाको जर्जियाबाट रिदम स्क्रिन क्रिएसनले नेपाली चलचित्रकी अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकारसहितलाई समेट्दै ‘सङ्गलो यो मन’ नयाँ नेपाली गीतको भिडियो सार्बजनिक गरेको छ ।एटलान्टाको जर्जियास्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको हो ।


‘सङ्गलो यो मन’ मा नायिका नन्दिताको अभिनय - Taja Samachar Online

रिदम स्क्रिन क्रिएसनले उक्त ‘सङ्गलो यो मन’ नयाँ नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिखदेखि आधिकारिक रुपमा सार्बजनिक गरेको जनाएको छ । उक्त संगीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी(देवजन )को रहेको छ । स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । शव्द मनिष अधिकारीको हो भने संगीत व्यवस्थापन कमल राईले गरेका छन ।

भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा ) सुरेन्द्रमान सिंहको रहेको छ l यसैगरी सम्पादन/भीएफएक्स/रुप/परिकल्पना कमल राईले गरेका छन् । रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल, प्रकाश दर्नाल, बीएम खालिंग ,सिमन रमदम ,सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको छ।

साभारः अनलाइन खबरबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ