प्रत्यक्षतर्फ १०० सिटको नतिजा सार्वजनिक, दलीय अग्रतासहित पूर्ण विवरण

काठडमाडौं : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ मध्ये १०० सिटको नतिजा सार्वजनिक भएको छ। ६३ निर्वाचन क्षेत्रमा अहिले मत गणना जारी छ। स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा भने दलीय विवादका कारण मतगणना सुरु हुन सकेको छैन। आइतबार २ः३० बजे सम्म अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजाअनुसार प्रतिनिधिसभामा ५६ सिट जितेर एमाले एक नम्बरमा छ। एमालेसँग गठबन्धन बनाएको नेकपा माओवादी केन्द्र २२ सिटसहित दोस्रो स्थानमा छ। यस्तै नेपाली कांग्रेस १२ सिट जितेर तेस्रो स्थानमा छ। संघीय समाजवादी फोरम र राजपाले क्रमशः ४ र ३ सिट जितेका छन्। नयाँ शक्ति नेपालले एक सिट जितेको छ। भने एक स्थानमा स्वतन्त्र उम्मेदवार िवजयी भएका छन्।

प्रत्यक्षतर्फ १०० सिटको नतिजा सार्वजनिक, दलीय अग्रतासहित पूर्ण विवरण

गणना भइरहेका ६३ क्षेत्रमध्ये एमालेले २३ सिट, माओवादी केन्द्रले १२ सिट र कांग्रेसले १२ सिटमा अग्रता कायम गरेका छन्। यस्तै संघीय समाजवादी फोरम र राजपा क्रमशः ६ र ७ सिटमा अगाडि छन्। राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपा १/१ सिटमा अगाडि छन्।

एमालेले जितेका क्षेत्र | अग्रता  , माओवादी केन्द्रले जितेका क्षेत्र | अग्रता , कांग्रेसले जितेका क्षेत्र | अग्रता , संघीय समाजवादीले जितेका क्षेत्र |अग्रता , राजपाले जितेका क्षेत्र | अग्रता

साभारः अन्नपूर्ण पोष्टबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ