क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ : ठगी मुद्दा चलाउने तयारी

काठमाडौं : चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुका आठजना सञ्चालक पक्राउ परेका छन्।उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो। पृथु पनि उक्त क्लबका सञ्चलकमध्ये हुन्। पक्राउ पर्नेमा क्रिकेटर पृथुसहित मयंक खड्का, जयन श्रेष्ठ, विशाल डांगी, मिलन श्रेष्ठ, आकाश न्यौपाने, रीतेश माडवाडी र राजीव महर्जन रहेका छन्।उनीहरुमाथि ठगीको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। ‘कन्सर्ट वा कुनै कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनुपर्ने हुन्छ। तर, सञ्चालकहरुले अनुमती लिएको देखिएन।

 
क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ : ठगी मुद्दा चलाउने तयारी

कन्सर्टका नाममा मनलाग्दी रकम असुली गरेको पाइएकाले हामीले उनीहरूविरुद्ध ठगी मुद्धा चलाउने तयारी गरेका छौं’, महानगरीय अपराध महाशाख टेकुका एसएसपी दिवेश लोहनीले भने। एसएसपी लोहनीले एक हजार पाँच सय क्षमताको क्लबमा चार हजारभन्दा बढी टिकट बिक्री गरेको पाइएको पनि बताए। यसअघि क्लब डेजाभुले बुधबार डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने जनाएको थियो। यद्यपी पूर्वनिर्धारित समयमा डिजे मार्समेलो उपस्थित नभएपछि कन्सर्ट हेर्न टिकट काटेका दर्शकले क्लबमा तोडफोड गरेका थिए। नेपाली यू–१९ राष्ट्रिय टोलीको कप्तान हुँदै सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका पृथु अर्काे साताबाट राजधानीमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको टोली चितवन टाइगर्सका कप्तान पनि हुन्। पक्राउ परेसँगै उनको ईपीएल सहभागिता पनि अन्योलमा परेको छ।

साभारः अन्नपूर्ण पोष्टबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ