‘हट केक’ सागर आलेले भेटे टोकियोमा ‘पल्ला घरकी कान्छी नानी’

२५ डिसेम्बर, टोकियो । स्वर सम्राट नारायण गोपालको गीतिसंग्रह ‘सल्लाझैं आमा सुसाइरहिन्, अल्झेछ क्यारे पछ्याैरी तिम्रो चियाको बोटैमा’ गाउँदै जव युवा गायक सागर आलेमगर स्टेज उक्लिए अनि सुरु भयो दर्शकदीर्घाबाट वाहवाही । नेपाल आइडल प्रतिस्पर्धाबाट एकाएक चर्चामा आएका आलेले आइतबार टोकियोमा सम्पन्न ‘२२औं लाङ्घाली साँझ’मा इतिहासलाई बिर्सिन नहुने भन्दै स्वर सम्राट नारायण गोपाललाई सम्झिए ।लगत्तै आलेले नेपालको चर्चित नेपथ्य ब्याण्डको लोकप्रिय गीत ‘जीवन हो घामछाँया, सुखदुःख दुवै हुन्छ’ गाउँदा कार्यक्रममा उपस्थित युवायुवतीहरु आलेसँग लय मिलाउन थाले ।


‘हट केक’ सागर आलेले भेटे टोकियोमा ‘पल्ला घरकी कान्छी नानी’

युवायुवतीको बाक्लो उपस्थिती रहेको उक्त साँझमा उनको सम्मानका लागि युवायुवतीहरु दुवै हात उठाउँदै आलेसँगै गीतको लय मिलाउँदा मेगुरो कुमिन सेन्टरको प्रक्षालय गुञ्जाएमान बन्यो । केही समय सम्हालिएर आ-आफ्नै सिटबाट साथ दिदै आएका युवायुवतीहरु जब उनको गीतमा झुम्न स्टेजतर्फ तानिए, स्वयंसेवकलाई केहि समय भीड सम्हाल्नै धौंधौं भयो । चर्चित गायक शिव परियारको गीत ‘बेहोशपछि होशमा आउँदा क्या दामी भो’ गाउँदा गीतकै लयमा आलेसँगै युवतीहरु नाच्न थाले । तर, स्वयंसेवकको घेरालाई छल्दै नाच्दै गरेका युवतीहरु स्टेजमै आलेलाई अंगालोमा कस्न पुग्दा दृश्य निकै रोमाञ्चक बनेको थियो ।

आधा दर्जनभन्दाबढी गीतमार्फत आफ्ना सयौं उपस्थित युवायुवती फ्यानहरुलाई छमछमी नचाउँदै गरेका आलेले आफ्नाबाहेकको गीत गाउँदा सर्जकहरुलाई पनि सम्झिन भ्याए । लोकदेखि पप (रकिङ प्याट्रन)सम्मका गीतलाई सजिलै लयमा ढाल्न सक्ने चम्किला ताराको रुपमा उदाएका आले पछिल्लो समय सांगीतिक क्षेत्रमा ‘हट केक’ सावित भएका छन् । आलेले हालै बजारमा ल्याएका ‘असारै महिना सालैजो’, ‘पल्ला घरकी कान्छी नानी’लगायत अन्य गीतहरु ‘साननानीले झुक्कायो मलाई’, ‘तिमी मेरो जिन्दगी हौ सानू, देब्रेपट्टी छातीमा छौ सानू’, ‘मुसुमुसु हासेर हिड्नेले’, ‘विर विर गोर्खाली’ गीतमार्फत उपस्थित युवायुवतीहरुलाई संगीतको नशामा झुमाए ।मगर संघ जापानको आयोजना सम्पन्न ‘२२औं लाङ्घाली साँझ’मा आलेसँगै लोकपप गायिका तारा श्रीसमगर र ‘लेट मि डान्स सिजन २’की विजेता बिष्णु दगामीमगरको आर्कषक नृत्यले पनि थप मनोरञ्जन प्रदान गरेको थियो ।

‘हट केक’ सागर आलेसहितको टोलीको जापानको तोचिगी, नागोया, फुकुओका र ओसाकामा समेत सांगीतिक कार्यक्रम रहेको छ । त्यस्तै जापानमै रहेकी नृत्याङ्गना सिजु सिंजालीमगरको आर्कषक नृत्य र देउराली पञ्चे बाजा समूहको समेत प्रस्तुती रहेको थियो । कार्यकममा विभिन्न संघसंस्थाहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघसंस्थाहरुलाई अध्यक्ष दिपक बुर्जामगरले धन्यवादज्ञापन गरे ।

साभारः अनलाइन खबरबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ